जनताको सांसद बन्न प्रत्यक्ष निर्वाचन लड्दैछुः सहमहामन्त्री डिना

साझाकुरा
२०७९ आश्विन २३, आईतवार १९:१७

हेटौंडा– नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएकी छन् । डिनाले आइतबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गरेपछि साझाकुरासँग संक्षिप्त कुरा गर्दै डिनाले आफू जनताको सांसद हुन प्रत्यक्ष निर्वाचन लड्न लागेको बताएकी छन् । उनले यसअघि समानुपातिकबाट सांसद भएर पार्टीको प्रतिनिधि भएपनि अब १ नम्बर क्षेत्रका जनताको प्रतिनिधिको रुपमा प्रत्यक्ष निर्वाचन लड्न लागेको बताइन् । उनी यसअघि समानुपातिक सांसद भएपछि राज्यमन्त्रीसमेत भएकी थिइन् ।समानुपातिकको पहिलो नम्बरमा नाम राख्ने आश्वासन आए पनि त्यसलाई अस्वीकार गरी आफू प्रत्यक्षतर्फ चुनाव लड्न आएको उनले बताइन् ।गठबन्धनकी साझा उम्मेदवारका रुपमा रहेकी डिनाले आफ्नो जित सुनिश्चित रहेको बताइन् । उनले १ नम्बर क्षेत्रमा सामाजिक र आर्थिक क्षेत्र विकासमा आफूले काम गर्ने बताइन् । डिनाले निर्वाचन जिते इतिहासमा सघंीय निर्वाचन जित्ने पहिलो महिला नेतृ हुने छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*