डेंगु कारण मनहरी गोल्डकप रोकियो

साझाकुरा
२०७९ आश्विन २६, बुधबार १२:०९

हेटौंडा- लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमणका कारण मकवानपुर प्रभावित बनिरहेको अवस्थामा खेल क्षेत्रमा पनि असर पुग्न थालेको छ । डेंगु संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्लाको पश्चिम क्षेत्रस्थित मनहरीमा आयोजना गर्न लागिएको गोल्डकप फुटबल रोकिएको छ । २४ असोजबाट हुने भनिएको मनहरी गोल्डकप नकआउट फुटबल प्रतियोगिता स्थगित भएको हो । पछिल्लो समय देशभर फैलिरहेको डेंगु संक्रमणलार्ई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको फुटबल क्लब मनहरीले सूचना जारी गर्दै जानकारी दिएको छ । क्लबका अध्यक्ष शुसिलकुमार ब्लोनले प्रतियोगिता स्थगित गरिएको बताए ।

नेपालीहरुको महान् पर्व शुभ दिपावलीको पावन अवसरमा क्लबले मनहरी गोल्डकपको आयोजना गर्न लागेको थियो । स्थगित गरिएको प्रतियोगिता वातावरण अनुकूल हुनेवित्तिकै सञ्चालन गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ सय तथा शिल्ड, मेडल र प्रमाण पत्र र दोस्रो हुने टिमलाई ५० हजार ५० रुपँैयासहित शिल्ड मेडल र प्रमाणपत्रसहितको पुरस्कार राशी
राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*