भीमफेदीमा सत्ता गठबन्धनको प्रचारप्रसार कार्यालय

साझाकुरा
२०७९ आश्विन २९, शनिबार ०८:४९

हेटौंडा,- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सत्ता गठबन्धनका दलहरु सक्रिय भएका छन् ।सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले मकवानपुरमा निर्वाचन परिचालनलाई विशेष ध्यान दिएको देखिएको छ । गठबन्धनबाट मकवानपुरको २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्व संघीय मन्त्री विरोध खतिवडा उम्मेदवार छन् ।

प्रदेश २ को (क)बाट नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान उम्मेदवार छन् । खतिवडा र मोक्तानले निर्वाचन तयारीअन्तर्गत् शुक्रबार भीमफेदी गाउँपालिकामा गठबन्धनको प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् । गठबन्धनको भीमफेदी गाँउपालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको शुक्रबार उद्घाटन गरिएको हो । प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडाले संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेदवार मोक्तानले मकवानपुर जिल्लाको समानुपातिक विकासको लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन अनुरोध गरिन् ।

नेपाली कांग्रेस भिमफेदी गाउँ कमिटी सभापति सन्जिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का मकवानपुर सचिव विष्णु प्रसाद दाहाल, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य गोपीराम बल, मोम लाल दोङ, क्षेत्रीय उपाध्यक्ष रञ्जन कुमार कठायत, नेकपा (माओबादी केन्द्र) भीमफेदी गाउँपालिका इञ्चार्ज अप्सरा लामा, नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्य किरणमान बललगायतको आतिथ्यता थियो । बाम–लोकतात्रिक गठबन्धन चुनाव प्रचारप्रसार समिति भीमफेदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गठबन्धनअन्तर्गतका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*