महिला कल्याणको कारोबार ९ करोड

साझाकुरा
२०७९ आश्विन २९, शनिबार ०८:५१

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५, स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ मा करिब सवा ९ करोड करोबार गरेको छ ।
सहकारीले शुक्रबार २४ औं वार्षिक साधारणसभा गर्दै गत आवको आयव्यय सार्वजनिक गर्नुका साथै चालू आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम प्रस्तुत गरेको थियो । सहकारीले आव २०७८÷०७९ मा ९ करोड ११ लाख १९ हजारको कारोबार गरेको छ ।सहकारीमा असार मसान्तमा ९९ लाख ७९ हजार ६ सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा ७४ लाख ४३ हजार १ सय ७२ रुपैयाँ रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई ७ करोड २१ लाख ३० हजार ३ सय ८० रुपैयाँ लगानी रहेको छ ।

बचत निक्षेप ६ करोड ४२ लाख ६५ हजार ३ सय ८७ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक मेनुका न्योपानेले जानकारी दिएकी छन् । सहकारीकी अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो । कार्यक्रममा अध्यक्ष चौलागाईले सहकारीको वस्तुस्थितिबारे जानकारी दिएकी थिइन् । सचिव सरिता ढुंगानाले सहकारीको संस्थागत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सहकारीले साधारणसभाको अबसरमा विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्य धनमाया आचार्य, पूर्णकुमारी बन्जारा, तुलकुमारी गौतम, बुद्धिमाया स्याङ्तान, चित्रकुमारी तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरेको व्यवस्थापक न्यौपानेले जानकारी दिइन् ।उत्कृष्ट बचतकर्ता रमा नगरकोटी, उत्कृष्ठ बाल बचतकर्ता धारणा हुमागाई, असल ऋणीतर्फ सिता परियार, कमली खतिवडा र सुमित्रा आचार्यलाई पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट समूह अध्यक्षमा मुक्ती महिला समुहका अध्यक्ष सुकुमाया थिङ, उत्कृष्ट समूह सहयात्री महिला समूह र विशेष प्रकृतिको व्यवसाय गर्ने मयुरी चालक पुष्पा तिमल्सिना(ढकाल)लाई सम्मान गरिएको थियो ।

साधारणसभामा ५ नम्बर वडाका वडा अध्यक्ष दिपेश दहाल, सहकारीको संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी, लेखा तथा सुपरिवेक्षण समिति संयोजक सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष निर्मला न्यौपाने, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, स्वरोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, ग्रामिण महिला सेवा केन्द्रकी सदस्य पञ्चमाया स्याङ्तान, शारदा माविका शिक्षक रामजी हुमागाईलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*