‘मकवानपुर–२ मा अतिथिलाई हैन, स्थानीय उम्मेदवारलाई भोट दिनूस्’

साझाकुरा
२०७९ आश्विन ३०, आईतवार ०८:४६

हेटौंडा, २९ असोज÷ नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेदवार महेशकुमार बर्तौलाले स्थानीय उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरको चुनावी प्रचारप्रसारको क्रममा बोल्दै बर्तौलाले २ नम्बर क्षेत्रबाटै मत हाल्ने उम्मेदवार आफू भएको दाबी गरे । थाहा नगरको बज्रबाराहीका बजार क्षेत्रमा उनले स्थानीय मतदाताहरुलाई भेटघाट गर्ने र चुनावी अभियान अनुसार मत माग्ने काम गरेका थिए । बर्तौलाले मकवानपुर क्षेत्र नम्बर–२ मा गठवन्धनका उम्मेदवारले आफुलाई भोट हाल्नका लागि नपाउने स्थिती रहेको बताए ।

क्षेत्र नम्बर–२ का गठवन्धनका उम्मेदवार बिरोध खतिवडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का स्थायी वासिन्दा र कुमारी मोक्तान पनि हेटौंडाकै बासिन्दा र इन्द्र बहादुर बानियाँ पनि हेटौंडाका स्थायी वासिन्दा भएकाले उनीहरुले आफुलाई भोट हाल्नका लागि यस क्षेत्रमा नपाउने र अरुको भोटबाट मात्र चुनावमा आस गरिरहेको बताए । गठबन्धनका उम्मेदवाहरु स्थानीय नभई अर्को क्षेत्रबाट आएकोले स्थानीयलाई मत हाल्नुपर्नेमा बर्तौलाको भनाई थियो । भोट स्थानीय उम्मेदवारलाई हाल्न र अतिथी उम्मेदवारलाई सत्कार मात्र गर्न उनले आग्रह गरे ।
जसको आफ्नो क्षेत्रबाट भोट हाल्न नपाउने अनि अरुको मात्र भोटको आसले चुनाव लडेको उनको भनाइ छ । आफ्नै स्थानीय उम्मेदवार हरेक दुख, सुखमा साथ दिन्छ उनैलाई मतदान गर्न उनले आग्रह गरे । गठबन्धनका उम्मेदवारहरु सत्ता, सक्तिको दुरुपयोग गर्दै चुनावमा लागिपरेको उनको आरोप थियो । आगामी चुनावमा हरेकले मत दिएमा आफु पाँच वर्ष सेवक बनेर काम गर्ने बर्तौलाले बताएका छन् ।

नेकपा एमाले बागती प्रदेशका उपमहासचिवसमेत रहेका उम्मेदवार बर्तौलाले समाजवादी नेता तथा सोही क्षेत्रका प्रतिस्पर्धी गठवन्धनका उम्मेदवार खतिवडासँग काम गर्ने इन्छाशक्ति शुन्य रहेको बताएका छन् । शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत खतिवडामाथि टिप्पणी गर्दै बर्तौलाले उहाँ(खतिवडा)सँग २० वर्ष सांसद भएको बाहेक अन्य कुनै अनुभव नभएको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*