मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आइपुग्यो

साझाकुरा
२०७९ कार्तिक १, मंगलवार ११:२२

हेटौंडा- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आइपुगेको छ । मकवानपुरमा आएको मतपत्रमा पहिलो नम्वरमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य रहेको छ भने दोश्रोमा नेपाली कांग्रेसको रुख, तेश्रोमा नेकपा माओवादी केन्द्रको हसिया हथौडा चिन्ह रहेका छन् । चौथोमा जसपाको छाता तथा पाँचौ नम्बरमा राप्रपाको हलो चिन्ह रहेको छ । अन्तिममा भने कछुवा चिन्ह रहेको छ । आइतबार मतपत्र आएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जनाकारी दिए ।अधिकृत निरौलाका अनुसार मकवानपुरमा मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र आएको छ । बढी भएको मतपत्र चुनाव पछि निर्वाचन आयोगमा नै पठाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*