बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

साझाकुरा
२०७९ कार्तिक १, मंगलवार ११:२६

हेटौंडा, ३१ असोज÷ पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।तिहारको अवसरमा बकैयाको खेलकुद विकास समितिको आयोजनामा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । कात्तिक ३ गतेदेखि ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर गरी १४ जना हुनु पर्ने आयोजकले जनाएको छ । खेलाडिहरु आफ्नो वडाको हुनु पर्ने बताइएकोे छ । खेल तालिका कात्तिक १ गते मंगलबार सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि सहभागीको दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विजेता हुनेले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*