विनयबाबु स्मृति भलिबल हुने

साझाकुरा
२०७९ कार्तिक २, बुधबार ११:०८

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा रनिङशिल्ड जिल्लस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।हरेक वर्ष जस्तै आगामी कार्तिक पहिलो हप्तादेखि थाहा नगरको २ नम्बर वडामा भलिबल हुन लागेको हो । विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।प्रतियोगिता ६ कार्तिकबाट सुरु भएर ८ कार्तिकमा समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । गतवर्षको विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता मकवानपुरगढीको आमभञ्ज्याङ युवा क्लबले जितेको थियो ।

अध्यक्ष कार्कीका अनुसार प्रतियोगितामा सहभागिता जनाउन ४ कार्तिकभित्र टिम दर्ता गरिसक्नु पर्ने जनाइएको छ । दर्ता शुल्क प्रतिष्ठानले तीन हजार रुपैयाँ तोकेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ दी म्याच प्रदान गरिने छ । प्रतियोगितामा जिल्लाभरका करिब १५ वटा टिमले सहभागिता जनाउने छन् ।पाँचौ पटक आयोजना हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको अनुमानित खर्च ३ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।प्रतियोगिताको चौथो संस्करणको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*