कांग्रेस मकवानपुरको निर्वाचन परिचालन समिति

साझाकुरा
२०७९ कार्तिक २, बुधबार ११:१३

हेटौंडा- गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति बनाएको छ ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाट उठेका उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन समिति बनाइएको हो । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ७ सय १ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला सचिव भिमसेन महतले जानकारी दिए । समिति सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ संगठनका प्रमुखहरु रहेका छन् । पूर्वजिल्ला सभापति माइकल रामचन्द्र अर्यालको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

कांग्रेस मकवानपुरका सहसचिव निशान बजगाईंको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाईको संयोजकत्वमा १ सय २५ सदस्यीय प्रचार प्रसार समितिसमेत गठन गरिएको सचिव महतले जानकारी दिएका छन् ।तरुण दल मकवानपुरका सचिव सचित थापाको संयोजकत्वमा युवा परिचालन समिति पनि गठन गरिएको छ । पार्टी सभापति लामाको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, पार्टी बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार्र इन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर १ (ख)का उम्मेदवार आनन्दराम पराजुलीलगायतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*