मकवानपुरमा थप १९ हजारले गरे स्वास्थ्य बीमा

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार ०८:३८

हेटौंडा- मकवानपुरमा स्वास्थ्य बीमाको प्रभावकारिता बढेको पाइएको छ । पाँच वर्ष अघिदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम मकवानपुरमा प्रभावकारी बनेको हो । स्वास्थ्य बीमा कार्यक्रमले जिल्लाका गरिब, विपन्न वर्गलाई स्वास्थ्य उपचारमा ठूलो राहत मिलेको बताइएको छ । प्रभावकारिता बढ्नुका साथै उल्लेख्य संख्यामा स्वास्थ्य बीमा गराउने पनि बढेका छन् । एक वर्षको अन्तरालमा थप १९ हजार १ सय ५५ जनाले बीमा गराएका छन् । मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । नयाँ बीमा गराउनेको साथै बीमा नवीकरण गर्नेको संख्या पनि बढेको छ । विगतका वर्षमा बीमा गराएकाहरुले पनि नवीकरण गर्ने गरेका थिएनन् ।

स्वास्थ्य बीमा बोर्ड मकवानपुरका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख ५२ हजार ८ सय ९४ जनाले स्वास्थ्य बीमा गरेका थिए । हाल बीमा गराउनेको संख्या बढेर एक लाख ७२ हजार ४९ जना पुगेको बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिए । स्वास्थ्य बीमा गराउनेमध्ये जिल्लामा ९१ प्रतिशतले नवीकरण गरेको उनले बताएका छन् । मकवानपुरका गाउँगाउँमा एक सय २८ जना दर्ता सहयोगी रहेका छन् । सहयोगी दर्ताबाटै बीमाकर्ताहरुले नवीकरण गर्दै आएका छन् । बीमा नवीकरण गराउने हेटौंडास्थित बोर्ड कार्यालयमै आइरहनु पर्ने झनझन बीमा कर्तालाई छैन् ।
बीमाबाट एक हजार एक सय ३६ प्रकारको औषधि सूचीकृत रहेको बताइएको छ । औषधिको उपलब्धतामा कुनै गुनासो नआएको अधिकारी खड्काले भने ।
हेटौंडामा रहेको हेटौंडा अस्पताल तथा चुरेहिल अस्पतालमा स्वास्थ्य बीमा लागू गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*