नगरको विकटमा स्वास्थ्य केन्द्र

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार ०८:४२

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको विकट वडा नम्बर १५ को चिप्लेटीमा बनाइएको शहरी स्वास्थ्य केन्द्रबाट सेवा सुरु गरिएको छ । बुधबारबमट चिप्लेटीमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको स्थानीय समाजसेवी बयवृद्व जीतबहादुर लामाले शुभारम्भ गरेका थिए । हेटौंडा उपमहानगरकै अति विकट क्षेत्रमा पर्ने चिप्लेटीमा स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै त्यहाँका नागरिकहरु लाभान्वित हुने भएका छन् । उपमहानगरपालिकाले पछिल्लो समय नगरभित्रका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच पु¥याउन स्वास्थ्य केन्द्रहरु स्थापना गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत् चिप्लेटीमा पनि उपमहानगरले स्वास्थ्य केन्द्र स्थापना गरेको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले जानकारी दिए । उनले बुधबारबाट सञ्चालनमा आएको केन्द्रबाट बालबालिकाहरुलाई भिटामिन ए खुवाउने र खोप लगाउने कार्य पनि सुरु गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*