गठबन्धनले हारे मलुक र लोकतन्त्र संकटमा पर्छः डीना

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार ०८:४४

हेटौंडा- कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनले
हारेमा मलुक र लोकतन्त्र संकटमा पर्ने बताएकी छिन् ।नेपाली कांग्रेस बकैया गाउँपालिकाको आयोजनामा बुधबार बकैयामा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बेधन गर्दै उनले यस्तो बताएकी हुन् ।उनले पटक पटक संसद् विघटन गर्ने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई ५ दलीय गठबन्धनले नै जोगाएको बताइन् । डिनाले फेरि पनि त्यस्ता तत्वले जितेमा मुलुकको

संविधान अनुसारै अहिले निर्वाचन हुन लागेको छ’, डिनाले भनिन्, ‘संविधानमा हस्ताक्षर नगर्ने र संविधान मास्न खोज्नेहरु एक भएर निर्वाचनमा होमिएका छन् त्यस्ता तत्वलाई परास्त गर्न नसके मुलुक फेरि संकटतर्फ जानेछ ।’ मंसिर ४ गतेसम्मलाई गठबन्धनका उम्मेदवारलाई जिताउन आफूसंग भएका सम्पूर्ण संयन्त्र प्रयोग गर्न उनले नेता कार्यकर्तालाई अनुरोध समेत गरिन् । ‘मकवानपुरमा रहेर यहाँको विकास र सेवामा निरन्तर लाग्नदै आएको छ ।५ बर्ष अझ जोशका साथ तपाईंहरुकै सेवामा लाग्नेछु’, उनले भनिन्, ‘म सहकारीको माध्यमबाट पनि जिल्लाको आर्थिक विकास र बेरोजगारी समस्या हल गर्ने तथा महिलाहरुको हकहितमा लाग्दै आएको छु ।’ आफू कांग्रेस र रुखको प्रतिनिधिको रुपमा निर्वाचनमा होमिएको बताउँदै उनले अहिले गठबन्धनको समेत साझा उम्मेदवार भएकोले जिताउने अभियानमा लाग्न उनले अनुरोध गरिन् ।

विरोधीहरुले गठबन्धनको बारेमा भ्रम फैलाइरहेको भन्दै उनले निर्वाचन पछि गठबन्धन थप बलियो र एकढिक्का भएर जाने उनको दावी थियो । कार्यक्रममा १ को (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै व्यवस्था विरोधी तत्वलाई मतदान गरे मुलुक नै बर्बादीको दिशातर्फ जाने बताए ।
कार्यक्रममा कांग्रेस संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, माओवादी नेता लोकनाथ गौतम लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*