हेटौंडा मोडेल अस्पताल शिल

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार ०८:४८

हेटौंडा- जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नियम विपरित सञ्चालन हुँदै आएको हेटौंडा मोडेल अस्पतालमा शिल गरेको छ ।प्रशासनले हेटौंडा–१, स्थित अस्पतालको शल्यक्रिया कक्ष, फार्मेसी र ल्याबमा ताला लगाएको छ । अस्पतालले १० बेडको अनुमति लिएर क्षमता भन्दा बढी बेड संचालन गरेको पाइएको छ । अनुमति बिना फार्मेसी, ल्याब र शल्यक्रिया कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुगेको अनुगमन टोलीले अस्पतालमा शिल गरेको हो ।अस्पतालले बिरामीमाथि गम्भिर लापरबाही गर्दै आएको खुलेको छ । एनएसथेसियोलोजिस्ट डाक्टर नराखी एनएसथेसिया सहायकद्वारा बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गरिँदै आएको फेला परेको जनाइएको छ । विशेषज्ञ डाक्टर नराखी बिरामीलाई बेहोस बनाएर शल्यक्रिया गर्ने कार्य गम्भिर हो ।
तर, अस्पतालले बिरामीको स्वास्थ्य जस्तो संवेनदशील विषयमा लापरबाही गरेको खुलेको हो ।

एनएसथेसियोलोजिस्ट डाक्टर उपलब्ध नभएसम्मका लागि प्रशासनले शल्यक्रिया कक्ष शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले सम्बन्धित निकायको अनुमति बिना अस्पताल संचालन गरेको भन्दै शिल गरिएको जानकारी दिए । १० बेडको अनुमति लिएको अस्पतालले विशेष शैल्यक्रिया कक्ष संचालन गर्न नपाउने व्यवस्था छ । १५ दिन भित्र अस्पताललाई सम्पुर्ण कागजात पेश गर्न निर्देशन दिइएको न्यौपानेले जाकारी दिए ।

अनुमति अनुसार १० बेड मात्र संचालन गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा मापदण्ड अनुसार कर्मचारी चिकित्सक नभेटिएको, आवश्यक कागजात नभेटिएको, फोहोरमैला व्यवस्थापनमा समेत अस्पताल गम्भिर नदेखिएको अनुगमन टोलीले जानकारी दिएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय मकवानपुरका ठाकुर पौडेल, हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईलगायतको सहभागिता थियो । अस्पताल यसअघि हेटौंडा उपमहानगरपालिकाबाट जरिवानामा समेत परेको थियो । तर, अस्पतालले सुधार गरेको थिएन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*