‘जनताको पहँुच बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक’

साझाकुरा
२०७९ कार्तिक ५, शनिबार १०:१८

हेटौंडा- नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर–१ बाट सत्तारुढ गठबन्धनको प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आम जनताको पहँुच सबै सेवामा बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताएकी छन् ।शुक्रबार नेपाल महिला संघ १५ नम्बर वडा कार्य समितिले आयोजना गरेको अगुवा महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले विगतदेखी नै हाल कायम रहेको सत्तारुढ गठबन्धनको दलहरु नेपालको राष्ट्रियता र लोकतन्त्र स्थापित गर्दै आम जनताको पहुँच शिक्षा, स्वास्थ्य लगायत सबै सेवा पु¥याउन लागि परिरहेको बताइन् ।

डीनाले नेपालको संविधानमा महिला, पिछडिएका वर्ग, दलित, जनजातीको हक अधिकार सुनिश्चित गर्न आफ्नो पनि भूमिका रहेको सुनाइन् । मकवानपुरको दुवै प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको जीत सुनिश्चित रहेको उनको भनाइ छ । ‘मकवानपुरमा गठबन्धनको जीत सुनिश्चित छ’, उनले भनिन् ।यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ख का उम्मेदवार आनन्दराम पराजुलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको प्रतिष्पर्धा संविधान च्यात्ने र देशलाई गलत दिशामा लैजान खोज्नेसँग भएको बताए । अप्ठेरो समयमा सधैं कांग्रेसले देशको नेतृत्व गरेको भन्दै पराजुलीले निर्वाचनपछि पनि देशको नेतृत्व कांग्रेसले नै गर्ने बताए ।

पदमा नहुँदा पनि आफू सधैं जनताको साथमा रहेको भन्दै उनले एमाले चुनाव आएपछि मात्रै जनतालाई भेट्न आउने गरेको आरोप लगाए ।आगामी निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकोले गठबन्धनलाई जिताउनुपर्ने उनको भनाइ थियो । नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितिको अध्यक्ष देवी मिश्रको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*