दोब्बर बढी मतान्तरले चुनाव जित्ने विरोध खतिवडाको दाबी

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार ०९:५६

हेटौंडा-मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतले विजयी हुुने दाबी गरेका छन् । मकवानपुरको मनहरीमा लोकतान्त्रिक बाम गठबन्धनले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् । उनले राजा फर्काउने अभियानमा लागेका देखि देश टुुुक्राउने मिसनमा लागेका पार्टीसंग तालमेल गरेको एमालेको उम्मेद्वार भन्दा आफू गठबन्धनको दोब्बर मतले चुनाव जित्ने दाबी गरे पश्चगामी गठनबन्धनको नेतृत्व गरिरहेको एमालेले जित्यो भने संविधान तथा मुलुकले प्राप्त गरेको उपलब्धिमाथि खतरा हुने चेतावनी दिँदै उम्मेदवार खतिवडाले देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षाका लागि पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टीजस्ता लोकतान्त्रिक शक्तिबीत गठबन्धनको आवश्यकता बनेको प्रष्ट पारे ।

केपी शर्मा ओलीमा नक्कली राष्ट्रवाद र आफूलाई सर्वेसर्वा भन्ने दम्भ पलाएकाले असली कम्युनिष्टहरुले उनीसंग विद्रोह गरी एकीकृत समाजवादी पार्टी स्थापना गर्नुपरेको खतिवडाले बताए । यस्तै, प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले गठबन्धनबाट उठेका उम्मेदवारलाई फरक पार्टीको रुपमा नहेरी मत दिन मतदातासंग अपिल गरिन् ।
फरक चुनाव चिन्हमा मत किन दिने भन्दै भ्रम फैल्याउने कार्य भइरहेकाले देश र नागरिकको भविष्यका लागि भएको गठबन्धनमा आबद्घ उम्मेदवारलाई जिताउन
फरक चिन्ह भएपनि निर्धक्कले भोट दिन उनको आग्रह थियो ।

यस्तै, प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाले तत्कालीन ओली नेतृत्वको नेकपा सरकार जनताको विकास भन्दा आफ्ना लागि ध्यान दिन केन्द्रीत भएको बताउँदै गठबन्धनपछि विकासमा फड्को मार्ने काम भएको बताए । अहिले गठबन्धनको प्रदेश सरकारले मकवानपुरमा विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बानियाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*