हेटौंडामा रविले भने, ‘निर्वाचनमा मिडियाको दुरुपयोग नहोस्’

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार ०९:५९

हेटौंडा-पूर्वसञ्चारकर्मीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा मिडियाहरुको दुरुपयोग हुने गरेको भन्दै पत्रकारहरुलाई सचेत रहन आग्रह गरेका छन् ।चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछाने शनिवार हेटौंडा आएर पत्रकारहरुसँग कुरा गर्दै निर्वाचनमा हुन सक्ने दुरुपयोगबाट सचेत हुनुपर्ने बताएका हुन् । उनले निर्वाचनमा उम्मेदवारहरुले मिडियालाई दुरुपयोग गर्न सक्ने र मिडियाहरु पनि जानेर÷नजानेर दुरुपयोगमा पर्ने गरेको बताए ।

लामिछानेले निर्वाचनका समयमा सबै मिडिया र सञ्चारकर्मीहरुले स्वतन्त्र र निष्पक्ष भएर सञ्चार कर्म गर्नुपर्ने धारणा राखे । लामिछाने आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका प्रतिनिधिसभा उम्मेदवारहरुसँग निर्वाचनको सम्बन्धमा छलफल गर्न हेटौंडा आइपुगेका थिए ।उनी प्रतिनिधिसभा क्षेत्र नम्बर २ स्थित थाहा नगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुरको १ नम्बर क्षेत्रमा सुरेश थापा र २ नम्बर क्षेत्रबाट भरत पराजुली रहेका छन् । उक्त पार्टीले संघीयताको प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेकाले प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार उठाएको छैन् ।

लामिछानेले आफू पनि लामो समय सञ्चारकर्मी भएर काम गरेको स्मरण गर्दै निर्वाचनका समयमा सबै मिडिया र सञ्चारकर्मीहरुले स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने विश्वास व्यक्त गरे । निर्वाचनको समयमा जनचासो बढ्ने र राजनीतिक दलको केहीले त्यसको दुरुपयोग गर्न सक्ने बताए ।लामिछानेले देशमा परिवर्तन ल्याउन आफुले सञ्चार क्षेत्र छाडेर राजनीतिमा होमिएको बताए । उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*