हेटौंडाकी बरिसालाई ‘डान्स इन्डिया डान्स’मा निम्तो

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार १०:१३

हेटौंडा- हेटौंडा–९, स्थित सिमेन्ट रोड निवासी बरिसा थापा क्षेत्रीलाई भारतीय चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो आएको छ ।
भारतीय चललिच ‘पुष्पॉको चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी बरिसालाई शोका निर्णायक बलिउड कोरियोग्राफर रेमो डिसुजाले ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो दिएका हुन् । डिसुजा र बरिसाको जुममार्फत भर्चुअल कुराकानी भएको छ । कुराकानीमा क्रममा बरिसालाई डिसुजाले भाग लिन निम्तो दिएको जनाइएको छ ।सामी सामीमा नृत्य गरेकी बरिसाको टिकटकमार्फत नेपाल र भारतमा धेरै चर्चा चुलिएको थियो । टिकटकबाटै बरिसाको नृत्य हेरेपछि पुष्पाकी नायिकका रश्मिका मन्दानाले ट्वीटरमार्फत बरिसासँग भेट्ने इच्छा देखाएपछि उनको चर्चा नेपालमा मात्रै सीमित बनेको थिएन् ।

कोरियोग्राफर डिसुजाले बरिसालाई शोको अडिसनसमेत दिनु नपर्ने बताएका छन् । बसिरालाई वाइल्ड कार्ड इन्ट्रीमार्फत सिधै प्रतियोगितामा भाग लिन पाउने डिसुजाले भनेका हुन् । बरिसालाई आफूले भेट्न चाहेको उनको भनाइ छ । कुराकानीका क्रममा बरिसाले डिसुजालाई सामीसामी गीतमा नृत्य देखाएको जनाइएको छ । बरिसा स्थानीय रसल एकेडेमीको यूकेजीमा पढ्दै आइरहेकी छन् । बरिसाले करिब पाँच महिनाअघि एकेडेमी परिसरमै भएको एक कार्यक्रममा नृत्य प्रदर्शन गरेको भिडियो टिकटकमा भाइरल भएको थियो ।

बरिसाको भिडियो खिच्ने थिइन्, शिक्षिका रोसनी कार्की । उनले एकेडेमी भने छोडिसकेकी छन् । कार्कीले एकेडेमीमा काम गर्दाको सम्झना आएपछि चार दिनअघि मात्रै बरिसाको नृत्यलाई टिकटकमा हालेकी थिइन् । टिकटकको भिडियो भाइरल भएपछि उक्त नृत्य रश्मिकाकोमा थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*