जनताको सेवा भावनाले चुनाव लडेकी हुँः डीना

साझाकुरा
२०७९ कार्तिक १३, आईतवार १०:२०

हेटौंडा- नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले जनताको सेवा भावनाको कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी छन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा शनिवार भएको चुनाव प्रचार प्रसार कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै डीनाले आफू अरुको जस्तो अन्तिमपटक भन्दै भाग्ने मनसायले चुनावी प्रतिस्पर्धामा नआएको भन्दै आफू निरन्तर जनताको सेवामा रहने बताएकी हुन् । ‘यहाँ केही उम्मेदवारहरु मेरो अन्तिम पटक हो ।

मलाई बचाइदिनूस् भन्दै आएका छन् । उनीहरु त्यसपछि फेरि जनताको माझमा फर्किदैनन्,’ डीनाले भनिन् । डीनाले उनीहरुको अन्तिम पटकमा नझुक्किन पनि आग्रह
गरिन् । अन्तिम पटक भनेर आएकाहरु विगितमा जस्तौ नफर्कने उनको दाबी थियो ।नेपाली कांग्रेस हेटौंडा–१६ नम्बर वडा सभापति सोमनाथ दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनप्रसाद गौतम, प्रदेश सभा क्षेत्र नम्बर १ (क)का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम, माओवादी केन्द्रकी प्रदेश सह–सचिव लक्ष्मी माझी, नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुनप्रसाद चौलागाईलगायत गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*