जनताको सेवक बनेर काम गर्छुः बर्तौला

साझाकुरा
२०७९ कार्तिक १३, आईतवार १०:२९

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले बागमती प्रदेश कमिटीका उपमहासचिवसमेत रहेका बर्तौलाले जनताको सेवक बनेर काम गर्ने तयारीका साथ चुनावी मैदानमा होमिएको बताए । थाहा नगरपालिका वडा नम्बर १० मा एमालेको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आम मतदाता र यस क्षेत्रका लागि पाँच वर्ष असली सेवक बन्ने र यस क्षेत्रका नागरिकको घर आगनमा रहने बताएका हुन् ।

‘आफ्नो घर जलाएर खरानी बनाएर एक थान मन्त्रीको लोभमा फसेर पाटी फुटाएर गएर चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा कति पटक जनताको माझ आउनु भयो र अहिले मलाइ फुच्चे भन्दै हिँड्नु भएको छ भन्ने सुनेको छु,’ प्रतिद्वन्द्वी उम्मेदवार विरोध खतिवडालाई व्यंग्य गर्दै बर्तौलाले भने ।२० वर्ष एमालेले सांसद् बनाएका खतिवडाले एमालेलाई खरानी बनाएर माओवादी र कांग्रेसको ढाडमा टेकेर एउटा युवकसँग चुनाव लड्दै गरेको उनले बताए । २०६२–०६३ को आन्दोलनको नेतृत्व गरेको एउटा जनताको लोकप्रिय मान्छेलाइ केको आधारमा फुच्चे भनेको भन्दै विरोध खतिवडालाइ बर्तौलाले प्रश्न गरे । कार्यक्रममा एमालेका तर्फबाट प्रदेशसभा २ को (क) का उम्मेदवार विष्णुप्रसाद ढकालले आफू निर्वाचित भएपछि जनताको मागको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*