उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्छः खतिवडा

साझाकुरा
२०७९ कार्तिक १३, आईतवार १०:३१

हेटौंडा- नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको बताए ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरुमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् । उनले बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र बिरोधी भन्ने पुष्टि भएको बताए ।एमालेका नेता कार्यकर्ताहरु अहिले हिजोका मन्डलेसंग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको उल्लेख गरे । देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधीसभा २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टीभन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवार जिताउन गठबन्धनमा आबद्ध सबै दललाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*