मकवानपुरगढीमा गठबन्धनको प्रचार कार्यालय

साझाकुरा
२०७९ कार्तिक १३, आईतवार १०:३२

हेटौंडा- मकवानपुरगढीको तीन वटा वडामा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ ।मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्घ उभिएका दलहरुका तर्फबाट साझा उम्मेदवारलाई जिताउनका लागि आव्हान गरे । ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत प्रतिगमनविरुद्घका दलहरुको साझा उम्मेदवारका रुपमा बाम लोकतान्त्रिक गठबन्का तर्फबाट हामी जनताको माझ आएका छौ,ं’ खतिवडाले भने ।

‘संविधान तथा व्यवस्था जोगाउनका लागि साझा उम्मेदवारका रुपमा गठबन्धन निर्माण गरी जनताका माझ आएकाले हाम्रो जीत निश्चित छ,’ यसैगरी, प्रदेशसभा (क)का उम्मेदवार कुमारी मोक्तानले आफ्नो पार्टीको उम्मेदवार नभएपनि देशमा पटकपटक भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको उम्मेदवारलाई मत दिनुपर्ने बताए । कार्यक्रममा गठबन्धनमा आवद्घ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रल्हाद लामिछाने, मानकुमारी नेपाली, एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णुप्रसाद दाहाल, पार्टीका भूमिनन्द अर्याल, अर्जुन दाहाल, यतिराज सापकोटा, राजवीर मोक्तान, माओवादी केन्द्रका राजकुमार खड्का लगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*