जनताको समृद्धिको दिन आयोः बानियाँ

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:३२

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नं. २ ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको समृद्धिको दिन आएको बताएका छन् ।
सोमबार इमानुयल रिभाईभ्ड चर्चको आयोजनामा मनहरी प्याङ्चे पास्टर अगुवा भेला तथा चियापान कार्यक्रममा नेता बानियाँले यस्तो बताएका हुन् । उनले धर्मको नाममा राजनीति गर्नेहरुको अब दिन सकिएको बताए । बानियाँले मनहरी, राक्सीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए । केपी ओली नेतृत्वको एमाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष विरोधी भएको बताउँदै राजतन्त्र बोक्ने लिङ्देन, देश टुक्र्याउन खोज्ने सिके राउत र जनआन्दोलनमा मान्छे मार्ने मण्डले कमल थापासंग मिलेर ओली नेतृत्वको एमालेले गठबन्धन गरेको उनको आरोप थियो ।

रिभाईभ्ड चर्चका पाष्टर कुमार प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, कांग्रेस मकवानपुर क्षेत्र नं. २ का संघीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ख का सभापति रञ्जन कालाखेती, माओवादी केन्द्र बागमती प्रदेश सदस्य बनस्तम थिङ, चर्चका सदस्य विष्णुराम प्रजा, समाजवादीका कृष्णबहादुर चेपाङ लगायतले मन्तव्य ब्यक्त गरेका
थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*