‘गठन्धनमाथिका भ्रमको पछि नलागौं’

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:३४

हेटौं- मकवानपुरको प्रदेशसभा १ को (ख)बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फेैलाएको बताएका छन् । गठबन्धनविरुद्ध भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न मतदाताहरुमा पराजुलीले अनुरोध गरेका छन् । हेटौंडा–८ मा भएको कार्यक्रममा उनले भने, ‘गठबन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई भोट हाल्दैन, कांग्रेसले कांग्रेसकै उम्मेदवारलाई भोट दिँदैन भनेर चोकचौतारामा गलत हल्ला फैलाइएको पाएका छौं । यस्ता कुरामा कुनै तुक छैन । गठबन्धनबाट मकवानपुरका ६ जनै उम्मेदवार बिजयी हुनेछौं,’ पराजुलीले भने ।

मकवानपुरमा पटक–पटक एमालेलाई जिताए पनि देखिने काम केही नभएको उल्लेख गर्दैै उनले एकपटक लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे । ‘हामी एमालेलाई हराउन गठबन्धन गरेका होइनौं । हाम्रो अधिकार एवम् प्राप्त उपलब्धिहरुको रक्षा, संविधान र मुलुकलाई जोगाउनका लागि गठबन्धन गरेका हौं,’ पराजुलीले स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published.


*