‘३ वर्षमा विकास गर्न नसके राजीनामा दिन्छु’

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:३७

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ का उम्मेदवार राजन मैनालीले आफूलाई जनताले मत दिएर जिताएपछि ३ वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने बताएका छन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा कार्यकर्ता परिचयात्मक कार्यक्रममा मैनालीले मकवानपुरमा तीन वर्षमा विकास नभए आफूले राजीनामा दिने बताएका हुन् । आफू स्वार्थका लागि राजनीतिमा नआएकाले यस पटक मत दिन उनले मतदातालाई आग्रह पनि गरे ।

कार्यक्रममा राप्रपा मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ का समानुपातिक उम्मेदवार रामबहादुर थोकर, राप्रपा मकवानपुर जिल्ला सदस्य निर्धोज खड्का, विकास बोम्जन, पूर्णिमा लोप्चन, डबल तितुङ, खुशी कार्की, माया न्यौपानेलगायतको आतिथ्यता थियो । मैनाली देशमा राजासहितको हिन्दुराज्य स्थापना, संघीयता खारेज, गा“जालाई वैधानिकतालगायत एजेण्डासहित चुनावी अभियानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*