एमालेका वडा अध्यक्ष मलाई जिताउन लागेका छन्ः खतिवडा

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:४०

हेटौंडा-मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले आफूलाई चुनाव जितउन आधा दर्जन एमालेका वडा अध्यक्ष लागेको खुलासा गरेका छन् ।जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा सोमबार बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यालय स्थापना गर्दै एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडाले आफ्नो क्षेत्रमा गत स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्षले आफूलाई जिताउन आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्घता जनाएको खुलासा गरेका हुन् । ‘एमालेबाट चुनाव जितेका झन्डै आर्जन वडाध्यक्षले मलाई यो चुनावमा सघाउने प्रतिबद्घता जनाइसकेका छन् । त्यसो हुँदा हामी दोब्बर मतले विजय हुन्छौं’, खतिवडाले भने । खतिवडाले आफूलाई सघाउने बचन दिएका वडाध्यक्षको नामै भनिदिन मन भएपनि उनीहरुको परिचय अहिले गोप्य राख्नुपर्ने बताए ।

‘मलाई अनि गठबन्धनलाई जिताउन लागि परिरहेका उनीहरुको नामै पनि भनिदिन हुन्थ्यो । तर नामै भन्दा अरिङ्गालहरु गएर झम्टिदेलान् । उनीहरुमाथि प्रहार होला भन्ने डर भएकाले अहिलेलाई हामी ढुक्क भएर बस्दामात्र हुन्छ’, उनले भने । एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको उनले बताए । इन्द्रसरोबर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिबद्घता उनको छ । ‘इन्द्रसरोबर फेवातालको विकल्प बन्नेछ । यसबाट पर्यटकीय विकास हुनेछ,’ खतिवडाले भने ।

‘पर्यटन, होटल र अन्य व्यवसायका लागि यसबाट फाइदा पुग्नेछ,’ उनले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा इन्द्रसरोबरलाई एक नम्बरमा पारिएको उल्लेख गरे । क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को उम्मेदवार माओवादी केन्द्रकी कुमारी मोक्तानले बागमती प्रदेशमा चार वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचेजति काम गर्न नपाएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*