सत्तारुढ गठबन्धनले मात्रै देशलाई विकासतर्फ डो¥याउँछः डीना

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:२७

हेटौंडा- नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री तथा सत्तारुढ गठबन्धनको तर्फबट मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले सत्तारुढ गठबन्धनले मात्रै देशलाई विकासतर्फ डो¥याउन सक्ने दाबी गरेकी छन् । मंगलबार हेटौंडा–१२ मा गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै डीनाले यस्तो दाबी गरेकी हुन् । उनले सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनले मात्रै देशलाई विकासतर्फ डो¥याउन सक्ने भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिन् । सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनले मात्रै देशलाई विकासतर्फ डो¥याउन सक्ने उनको दाबी थियो ।

‘नेपालमा अहिलेको यो व्यवस्था ल्याउन गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालले भूमिका खेल्नु भएको थियो । त्यसैले यो गठबन्धन आजको मात्रै गठबन्धन होइन, विगतदेखि हुँदै आएको गठबन्धन हो । यो गठबन्धनले देशलाई विकासतर्फ स्थायित्व दिन्छ’, डीनाले भनिन् । उनले आसन्न निर्वाचनलाई भविष्यसँग जोडेर हेरेर सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह गरिन् । देश विकासको लागि भएपनि लोकतान्त्रिक बाम गठबन्धनले जित्न जरुरी रहेको उनको भनाइ थियो । डीनाले देशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको आगामी सरकार बन्ने दाबी गरिन् । उनले सत्तारुढ गठबन्धनको उम्मेदबारहरुको जीत सुनिश्चित भइसकेको भएपनि जनतामाझ आफ्नो एजेण्डा सुनाउनको लागि ठाउँ–ठाउँमा पुगिरहेको सुनाइन् ।

यस्तै, मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनबाट जितेकाहरु कसैलाई पनि विभेद गरेर काम नगर्ने बताए ।उनले गठबन्धनका उम्मेदबार सबै राजनीतिक दल र जनताको उम्मेदबार रहेको भन्दै जितेपछि सबैलाई समानरुपले सहयोग गर्ने बताए । पराजुलीले स्थानीय आवश्यकता अनुसार विकासको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गठबन्धनले जिते हेटौंडामा नै प्रदेशस्तरीय स्वास्थ्य शिक्षण अस्पताल खोल्ने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*