राष्ट्रिय हीतको अभियानमा हामी छौंः श्रेष्ठ

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:३८

हेटौंडा- मकवानपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेकपा एमालेका उम्मेदवार रहेका एकालाल श्रेष्ठले देश निर्माणको अभियानमा एमालेमात्र लागेको दाबी गरेका छन् ।मंगलबार नेकपा एमाले निकट अखिल नेपाल महिला संघको हेटौंडामा भएको भेलामा बोल्दै श्रेष्ठले नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र
राष्ट्रियहितको रक्षाको साझा अभियानमा हिँडेको बताए । संघीयतालाई व्यवहारमा लागू गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने जिम्मा पनि एमालेको भएकोउनको दाबी छ । मुलुकको विकासका लागि एमालेले थालेका कामहरुको निरन्तरता दिन पनि एमालेले जित्न आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

देश चलाउने र बनाउने विषय भएकाले राष्ट्रवादी सरकार निर्माण महत्वपूर्ण भएको उनको भनाइ थियो । मंसिर ४ को निर्वाचनमा राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टी नेकपा एमालेलाई मतदान गर्न श्रेष्ठको अपिल थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका विकास निर्माणका कामको संरक्षण र सुरु गरेका कामलाई आफूले पूर्णता दिनेसमेत उनले बताए । कार्यक्रममा प्रतिनिधिसमा क्षेत्र नम्बर–१ का एमालेबाट उम्मेदवार कमल थापा, एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेशका नेताहरु रघुनाथ खुलाल, पद्मा पौडेल, अनेम संघका पार्वती रानालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*