गठबन्धनले जिते व्यापक विकासः मोक्तान

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:४७

हेटौंडा- मकवानपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को (क)मा गठबन्धनबाट उम्मेदवार कुमारी मोक्तानले गठबन्धनलाई जिताए मात्र विकास निर्माणमा व्यापकता आउने दाबी गरेकी छन् ।भीमफेदी गाउँपालिका–१, स्थित किसेडीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा पक्की पुल निर्माण गरेको भन्दै अबको कार्यकालमा सडक सुधार्दै जनताको विचमा बसेर काम गरिरहने बताइन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी उनले आगामी कार्यकालमा किसेडी क्षेत्रमा सबैभन्दा अभाव रहेको सडक र पानी व्यवस्थापनमा केन्द्रित रहने बताएकी छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक–बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । नेपाली कांग्रेसका रमेशकुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस भीमफेदीका सल्लाहकार नारायण थापा, नेकपा माओवादी केन्द्रका नेता बद्री स्याङ्तान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य माधव तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*