जनताले परिवर्तन चाहेका छन्ः थापा

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:५०

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार सुरेश थापाले जनताले परिवर्तन चाहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज थापा (सुरेश)ले मतदातासँग आफू १ नम्बर क्षेत्रको विकासका लागि निर्वाचन लडेको बताएका हुन् ।राष्ट्रिय झण्डा ओढेर गाउँगाउँ पुगेका उनलाई चुनाव प्रचारको क्रममा आमनागरिकबाट परिवर्तनको आभास गरेको बताए । बागमती गाउँपालिका–८ मा भएको चुनाव प्रचार कार्यक्रममा उनलाई बृद्धहरुले जीतको शुभकामना दिएका थिए । गाउँगाउँबाट पनि परिवटर्तनको माहोल सृजना भएको भन्दै उनले नेपाली जनताले परिवर्तनको संकेत गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*