हेटौंडाको टोलटोल आनन्दराम

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:५३

हेटौंडा- मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदबार आनन्दराम पराजुली यतिबेला हेटौंडाको टोल–टोल पुगेर मतदातासँग छलफल र अन्तक्र्रिया गर्न व्यस्त छन् ।उम्मेदवार पराजुली मतदाताहरुको समस्या बुझ्न मतदाताको घर जाने क्रममा आफ्नो क्षेत्रमा पर्ने हेटौंडाका वडाहरुको प्रत्येक टोलमा पुगेका हुन् ।

पराजुली दैनिक आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरको वडा नम्बर २,४,५,६,७,८,९,१०,१२,१३, १४, १५ का मतदाताको घरघर पुग्ने गरेका हुन् । यसक्रममा पराजुली मंगलबार पनि हेटौंडा वडा नम्बर ८ का विभिन्न टोल र हेटौंडा–१४ चौधघरेमा पुगेर आफ्नो प्रतिबद्धता सहित मतदातासँग आफ्नो योजना सुनाउन व्यस्त देखिए ।
उनले मतदातासँग छलफलका क्रममा पराजुलीले बाम लोकतान्त्रिक नेतृत्व गठबन्धनलाई जिताउने आधारलाई प्रष्ट परेका छन् । उनले आफू जनता र मतदाताको नजिक रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले मतदातामाझ अरुको आलोचना गर्नुभन्दा आफूले काम गरेर देखाउने विश्वास दिलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*