जनताकोे समस्या समाधानको पहल गरिन्छः बानियाँ

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:४३

हेटौंडा- मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा ख मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आमजनताकोे समस्याको पहिचान गरी क्रमैसंग समाधानको पहल गरिने बताएका छन् ।हेटौंडा–३ मा बुधबार आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बानियाँले यस्तो बताएका हुन् । उनले बिगतमा जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरिएको दाबी गर्दै जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरेर देखाउने बताए ।

‘गरिब जनता गाँस, बास र कपासको अभावमा पीडामा छन् । यहाँ रेल, पानी जहाज र घरघरमा ग्याँसको पाइप जडान गर्ने हावादारी आश्वासन बाँडिएको छ । हामी गर्न सक्नेमात्रै बोल्छौँ, बोलेको कुरा गरेर देखाउँछौँ ।’ उनले भने । उनले एमाले अध्यक्ष केपी ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मासेर राजतन्त्र ब्यूताउँन खोजको अरोपसमेत लगाए ।

नेता बानियाँले मकवानपुरमा आन्तरिक विमानस्थल बनाउने, संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौंडासहित प्रदेशको १३ वटै जिल्ला जोड्ने प्रदेश चक्रपथ बनाउने, जनताको अवस्था परिवर्तन गर्ने, विकास र समृद्धितर्फ देशलाई लैजाने योजना सार्वजनिक गरे ।गठबन्धन हेटौंडा–३ का प्रचारप्रसार संयोजक रोशन गोले तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका संघीय सभापति लोकबहादुर मोक्तान, महासमिति सदस्य टेक शिवाकोटी, माओवादी केन्द्रका जिल्ला सदस्य रुपेश बर्तौला, संघीय उम्मेदबार विरोध खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*