जनताको अवस्था बदल्नु मेरोे मुख्य कार्यभारः पुलामी

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:५२

हेटौंडा- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले व्यवस्थामा टेकेर जनताको अवस्था बदल्नु आफ्नो मुख्य कार्यभार भएको बताएका छन् ।उनले बुधबार बागमती गाउँपालिका ८ साततलेका मतदातालाई भेट्ने क्रममा यस्तो बताएका हुन् । छिन्तुले आफूले प्रदेशसभा सदस्य बन्दै जनताको अवस्था बदल्नको लागि जनताबाट अनुमोदन हुन दोहोरिएर उम्मेदवारी दिएको बताए । जनताको लागि जनताले नै शासन गर्ने व्यवस्था बदल्नको लागि जनयुद्ध र जनआन्दोलन हुँदै २०६४ को निर्वाचनसम्म आइपुग्दा राज्य व्यवस्था बदल्न उम्मेदवारी दिएको र सोहीअनुसार कार्य सम्पन्न गरिएको र अब उक्त व्यवस्थालाई संस्थागत गर्नको लागि आफूले उम्मेदवारी दिएको बताए । अहिले भने व्यवस्थामा टेकेर जनताको अवस्था बदल्नु आफ्नो मुख्य कार्यभार भएको उनले बताए ।

जनताले व्यवस्था बदल्नको लागि शरीरमा घाउ, छर्रा, चोट बोकेर भोको पेटसमेत हिँडेर ल्याएको बलिदानीबाट प्राप्त व्यवस्थाको कारण समाज जातीय र वर्गीय विभेद अन्त्यको जग बसेको उको भनाइ छ । बागमती गाउँपालिका वडा नम्बर ८ की गठबन्धन संयोजक बिष्णुमाया तिमल्सिना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जीवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाललगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बागमती गाउँपालिका ८ नम्बर वडा संयोजक विष्णुमाया तिमल्सिनाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*