उत्तरी क्षेत्रमा बर्तौलाको विकास एजेण्डा

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १४:२०

हेटौंडा-मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका युवा उम्मेदवार महेशकुमार बर्तौलाको व्यस्तता बढेको छ । उनले २ नम्बर क्षेत्रको थाहा नगरपालिका, इन्द्रसरोबर र कैलाशसम्मका विकासलाई समेट्ने गरी बर्तौलाले गाउँगाउँ पुगेर विकासका एजेण्डा प्रस्तुत गरेका हुन् । बर्तौलाले सडक, पर्यटनदेखि वर्षात्मा खोलाबाट प्रभावित क्षेत्रलाई सुरक्षित राख्नेसम्मका विकास योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले बागमती प्रदेशका उपसचिवसमेत रहेका बर्तौलाले थाहा नगरको फेदीगाउँ–फाँटबजार बस्ती बचाउन विशेष योजना बनाएर काम गर्ने वाचा गरेका छन् । थाहा–१ फाँटबजारमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबजब स्थानीयले चुनाब जिते त्यतिबेला मात्रै विकास भएको इतिहास रहेको बताएका छन् ।

दामन, पालुङ, चित्लाङ, भीमफेदी र कैलाश जोडेर पर्यटनको योजना बनाएर करिडोर निर्माण गर्न आफूले भूमिका खेल्ने बर्तौलाको भनाइ छ । उत्तरी क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायको कला सँस्कृति, साहित्यको संरक्षण गर्न र यसको माध्यमबाट पर्यटन विकास गर्ने तथा यहाँका जनताको चुलोमा समृद्धि ल्याउने उनले बताए । थाहा भन्नासाथ तरकारी पकेट क्षेत्र भनेर चिनिने भएकोले तरकारीको बेमौसमी खेती, बजार, मल बिउमा आफूले देखिने गरेर काम गर्ने बताए । २० वर्ष सांसद् भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको विरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोपसमेत उनले लगाए ।

बर्तौलाले थाहा नगरपालिकाको डाँडाबासदेखि मनहरी सम्मको सडकलाई प्राथमिकतामा राखेर काम गर्ने वाचा गरेका छन् । उनले आफू प्रतिनिधिसभामा निर्वाचित भएमा डाँडाबास–डाँडाखर्क हुँदै मनहरी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । मकवानपुरको घर्तिखोलाबाट, डाँडाबास हुँदै डाँडाखर्क, भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बर्तौलाको भनाइ छ । यही सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि स्तरोन्नति गर्ने बताए । कैलाशमा हाल माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा वर्षाका कारण समस्या रहेको भन्दै पालिकास्तरीय एक आवासीय विद्यालय निर्माण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ को (क)का उम्मेदवार विष्णुप्रसाद ढकालले आफूहरु संघ र प्रदेशको उम्मेदबार दुबै जना स्थानीय अर्गानिक उम्मेदबार रहेको बताए । उनले रुपचन्द्र विष्टको सम्झना गर्दै थाहाले विष्टपछि पहिलोपटक असल र इमान्दार उम्मेदवार पाएको बताउँदै दुबै जना स्थानीय उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे । कैलाश गाउँपालिकामा भएको कार्यक्रममा एमालेका प्रदेशसभा क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लालबहादुर थापाले एमालेले यो निर्वाचन जितेपछि अहिले पाउँदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पु¥याउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*