जनताको सेवा गर्न म संसद्मा जान खोजेको होःश्रेष्ठ

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १४:२४

हेटौंडा-नेकपा एमाले मकवानपुर क्षेत्र नं–१ को ‘ख’ का उम्मेदबार एकालाल श्रेष्ठले जनताको सेवा गर्नको निमित्त आफू संसद्मा जान खोजेको बताएका छन् । बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ को आयोजनामा भएको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले आफू भत्ता खान र नेता बन्न संसद्मा जान नखोजेको भन्दै जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताए ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा अनेक संकट आउँदा उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरी कार्यकर्ताहरुलाई मतदान शिक्षादेखि ओली सरकारले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे । यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै वर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको श्रेष्ठको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*