सिमलटारबाट कुमारीको घरदैलो

साझाकुरा
२०७९ कार्तिक १८, शुक्रबार १४:२०

हेटौंडा- लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर २ (क) का साझा उम्मेदवार कुमारी मोक्तानले हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गरेकी छन्  । मोक्तानले शुक्रबार हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गरेकी हुन् । उनले सिमलटारबासीको समस्या, गुनासो र अपेक्षाहरु सुनेकी थिइन् । उनलाई स्थानीयहरुले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका थिए ।

अघिल्लो पटक पनि मोक्तनलाई आफूहरुले जिताएर पठाएको बताउँदै उनीहरुले फेरि मत दिन पाउने भएपछि खुशी लागेको बताए । अर्का स्थानीय ८० वर्षीय मनबहादुर तामाङले मकवानपुरको भविष्य बोकेको नेता भन्दै मोक्तानलाई जितको शुभकामना दिए । घरदैलोको क्रममा स्थानीयहरुले खादा र मालाले मोक्तानलाई स्वागत गरेका थिए ।
सिमलटारको बुद्ध चोकबाट सुरु भएको घरदैलो बिभिन्न टोलमा पुगेर बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे आफू परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफूले सकेको पहल गर्ने बताइन् । सिमलटारमा मकवानपुरको बिभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ । नेकपा माओवादी केन्द्रको पहलमा यस क्षेत्रमा भूमिहिनहरुको बस्ती बसालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*