गठबन्धनले जिते मकवानपुरलाई फाइदै फाइदाः नेता पराजुली

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:०८

हेटौंडा- गठबन्धनबाट मकवानपुर क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनले जिते मकवानपुरलाई फाईदै फाईदा हुने बताएका छन् । शुक्रबार साझाकुरासँगको कुराकानीमा  पराजुलीले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मकवानपुरका २ क्षेत्रमा साझा उमेदवारका रुपमा गठबन्धन बनाएर उम्मेदवारहरुलाई अगाडि सारेको बताउँदै मकवानपुरमा गठबन्धनको जीत हुन सके सिड्डो मकवानपुरको विकासमा फड्को मार्ने बताएका छन् ।

उनले गठबन्धनबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट महालक्ष्मी उपाध्याय डीनाले बिजयी हासिल गरेको खण्डमा केन्द्रीय मन्त्री हुने पक्का भएको हुँदा मकवानपुरको विकास निर्माण राम्रै छाप पर्ने बताएका हुन् । यसका लागि यस क्षेत्रका मतदाताहरुले उपाध्यायलाई जिताउन लागि पर्न आग्रह गरेका छन् ।
उनले सोही क्षेत्रबाट प्रदेश सभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धन उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुको विजयमा प्रदेश मन्त्री हुने हुँदा पूर्वी मकवानपुरको विकासमा फड्को मार्ने बताए । यसका लागि यस क्षेत्रका मतदाताहरुले पुलामीलाई जिताउन लागि पर्न आग्रह गरेका छन् ।

उनले आफू पनि सोही क्षेत्रको ‘ख’मा गठबन्धनकै उम्मेदबार रहेकाले आफूले बिजयी हासिल गरेको खण्डमा यस क्षेत्रको विकासमा आफूले अगाडि बढाएका विकासका कामहरु पूरा हुने, समृद्ध मकवानपुर बन्नमा सहयोग पुग्ने बताए यसका लागि आफूलाई विजयी गराउन आम मतदातासँग आग्रह गरे । यस्तै क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका समाजवादी नेता विरोध खतिवडाले विजयी हासिल गरेको खण्डमा उनी पनि केन्द्रीय मन्त्री बन्ने पक्का रहेको हुँदा विकासमा फाइदा पुग्ने बताए । उनले यसै क्षेत्रबाट ‘क’मा गठबन्धनबाट माओवादी नेतृ कुमारी मोक्तान र उम्मेदवार रहेको र उनको विजयीमा प्रदेश सरकारले मकवानपुरबाट अर्को मन्त्री पाउने र क्षेत्र २ ‘ख’ क्षेत्रमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विजयी हासिल गरेको खण्डमा प्रदेश सरकारको मुख्यमन्त्री जस्तो पदमा पुग्ने निश्चित रहेकाले उनलाई विजयी गराउनु जरुरी रहेको बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न कन्जुस्याइँ गरेमा पछुतो मान्नुपर्ने अवस्था आउने उद्घोष गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*