मकवानपुरे जनताले राजधानीमा बसेको महशुस हुने विकास गर्छौः नेतृ मोक्तान

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:२३

हेटौंडा- नेकपा माओवादी केन्द्र मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपुरका जनताले अब वास्तविक रुपमा राजधानीबासी भएको महशुस गर्न पाउने गरी विकासको रोडम्याप तयार गर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको ११ नम्बर वडामा घददैलोको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।नवलपुरको सरस्वती टोल र शान्ति चोकमा गरिएको घरदैलोमा मतदाताहरुले राजधानीमा बसे पनि राजधानीबन्दा र नबन्दाबीचको अन्तर महसुस भने नभएको गुनासो गरेका छन् ।

पटक पटक जिताएर पडाएको उम्मेदवारहरुबाट भन्दा बिगतमा १ पटक ब्यबस्था बदल्न र अर्को पटक त्यसलाई संस्थागत गर्न पठाइएको नेताहरु सफल भएको कारण पनि पुनः मोक्तानलाई जिताउने बताउदै अग्रिम शुभकामना ब्यक्त गरेका छन् । घरदैलोका क्रममा स्थानीय मतदाताहरुले यस वडाकै मान्छे मूख्यमन्त्री बनेर आएपनि सोचेअनुरुपको विकासका काम हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले यस क्षेत्रमा स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, स्वरोजगार तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गरे ।

मतदाताहरुको गुनासोपछि उम्मेदवार मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनको बिजयी भए यहाँको समस्या समाधानमा पहिलो प्रथामिकता दिइने बचन दिनुभयो । आफू सामाजिक विकास मन्त्री भएपछि शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै सांसद् विकास कोषबाट प्राप्त रकमले विभिन्न शीर्षकमा यस क्षेत्रमा बिनियोजन भएको र अब पुनः अधुरा कार्य सम्पन्न गर्न आफूलाई बिजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*