कांग्रेस प्रदेश सभापतिले गरे उम्मेदवारहरुसँग अन्तरक्रिया

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:२६

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमाभइरहेको कामहरुको बारेमा प्रदेशसभा सदस्यका उम्मेदबारहरुसँग अन्तरक्रिया गरेका छन्  ।शुक्रबार भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीको विषयमा परेका समस्याहरु, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् ।

छलफलमा प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरु सहभागी थिए । छलफलमा सभापति बानियाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन दिए ।चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरु आउनसक्ने भन्दै त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने बताए । चुनावी कार्यक्रमहरु के कसरी सञ्चालन भइरहेका छन् भन्नेबारे पनि उम्मेदवारहरुबाट जानकारी लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*