मकवानपुरमा पहिलो पटक महिला साक्षरता अभियान चलाउने ‘डीना’

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:३१

हेटौंडा- नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । उनी मकवानपुरमा पहिलो पटक महिला साक्षरता अभियान सञ्चालन गर्ने व्यक्ति पनि हुन् । उनले मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने गरेकी थिइन् । उनले प्रोढ शिक्षामार्फत् महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो (एनजीओ) गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् ।

महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डीनाले आफैं पैसा उठाएर गाउँमा शिक्षक पाउन मुश्किल, पढेका मान्छे थिएनन् त्यसैले बजारबाट शिक्षक पठाएर पनि कार्यक्रम निरन्तर गरिरहिन् । आफ्नो घर भएको वडामा समेत निरक्षर महिलाहरु निकै भएको पाएपछि उनले सुरुमा २ वटा साक्षरता कक्षा सञ्चालन गरिन् । सुरुमा विभिन्न उद्योगहरुसँग सहयोग मागेर ५–७ वटा महिला साक्षरता कार्यक्रम सञ्चालन गरेकी उनले गैरसहकारी संस्था दर्ता गरेंपछि नेपाल महिला संघको संस्थापक केन्द्रीय अध्यक्ष मंगलादेवी सिंहबाट शेड्पा भन्ने आईएनजीओसँग समन्वय गराएर साक्षरता अभियान, महिला प्रौढ शिक्षा, महिला सीप तालिम, परिवार नियोजन, परिवार व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई वृहतरुपमा सञ्चालन गरिन् । नेपाल महिला संघमार्फत् उनले किशोरी शिक्षा, स्कुलमा पीटीए भनेर ‘प्यारेन्ट्स टिचर एशोसियसन’ गठन गर्ने प्रकृया र महिलाहरुको सीप स्वास्थ जस्ता अनेकौ कार्यक्रम मकवानपुरमा सुरु गरिन् ।

माओवादी र सशस्त्र आन्दोलनको द्वन्द्वमा समेत उक्त कार्यक्रमको निरन्तरता र सन्चालन भइरहेको थियो । उनले मकवानपुरमा कृषक पाठशाला कार्यक्रमसमेत सञ्चालित गरिन् ।
हाल कांग्रेसको केन्द्रीय सहमहामन्त्रीसमेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधिसभाको उम्मेदबार बनेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्षरूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् । सहजै समानुपातिकबाट सांसद् हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको डीना बताउँछिन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

२०३९ सालबाट नेपाली कांग्रेसमार्फत् राजनीति गर्दै आएकी छन् । नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा उनी जेलसमेत परिन् । गिरिजाबाबु, नोना कोइराला, सुशिल कोइराला शैलजाहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना, संविधान निर्माणसँगै महिला, आदिवासी जनजाति र दलितहरुको क्षेत्रमा थुप्रै काम गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*