घर–घरमा डीना र आनन्दराम

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार ०९:५४

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक (बाम गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ को प्रदेशसभा (ख) का उम्मेदवार आनन्दराम
पराजुली जनताको घर–घरमा पुगिरहेका छन् । आसन्न निर्वाचनमा मकवानपुरमा उम्मेदवार बनेका डीना र पराजुली यतिबेला जनताको समस्या र गुनासो सुन्न घर–घरमा पुगिरहेका हुन् । विहानदेखि अबेर रातिसम्म डीना र पराजुली मतदातासँगै रहने गरेका छन् । मतदाताको समस्या सुन्छन् र निर्वाचित भएपछि जनताको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । शनिबार बिहान डीना पराजुली हेटौंडा–४ कर्राका विभिन्न टोलटोलमा पुगे । मतदाताको आक्रोश र समस्यालाई डीना र  पराजुलीले सहर्ष स्वीकार्दै यसपटक गठबन्धनका उम्मेदवारले जिते समस्याको समाधानका लागि हदैसम्मको प्रयास गर्ने बताएका छन् ।

‘एमालेका उम्मेदवारले पटक–पटक जितेर जाँदा पनि मकवानपुरमा देखिने काम नहुँदा तपाईहरुमा नैराश्यता आउनु स्वभाविक हो’, प्रतिनिधिसभा सदस्यका उम्मेदवार डीनाले भनिन्, ‘आजसम्म हामीले जितेर जनताको प्रतिनिधि बनेर सेवा गर्ने मौका पाएका छैनौं । यसपटक त्यो अवसर प्रदान गरिदिनुहोस्, तपाईंहरुको गाउँठाउँको समस्या समाधानका लागि सक्दो पहलकदमी लिनेछौं ।’ जनताको मत लिएर जनतामाथि नै प्रहार गर्ने, संसद् भंग गर्ने, लोकतन्त्रमाथि प्रहार गर्नेहरुलाई पाखा लगाउने बेला आएको उनको भनाइ थियो । यस्तै १ को (ख) का उम्मेदवार पराजुलीले गठबन्धन सबैको साझा भएकोले चुनावपछि पनि साझा रहेरै काम गर्ने बताए । ‘हामी ५ दलको साझा हौं । साझा भएरै काम गर्नेछौं’, उनले भने, ‘गठबन्धनमा कुनै समस्या छैन ।’

कांग्रेस पनि एक ढिक्का भएर मकवानपुरका ६ जना नै उम्मेदवारलाई जिताउने गरी लागेको छ । हामी सबैजना जित्छौं ।’ हेटौंडा–४ का मतदाताले दुवै उम्मेदवारलाई फूलमाला र खादाले स्वागत गरे र बिजयी हुन शुभकामना दिएका थिए । डीना र पराजुली लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसबाट सिफारिस भएका प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।महिला अगुवा तथा शैक्षिक व्यक्तित्व डीना संविधानसभा सदस्य पनि हुन् । उनी साहसिक महिलाको रुपमा छुटै छवि बनाउन सफल छिन् भने पराजुली युवा र ज्येष्ठ नागरिकमाझ निकै लोकप्रिय मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*