गठबन्धनकै कारण मुलुक संकटमाः थापा

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार ०९:५९

हेटौंडा- राप्रपा नेपाल अध्यक्ष तथा नेकपा एमालेको सूर्य चिन्ह लिएर मकवानपुर–१ मा प्रतिनिधिसभा उम्मेदवार कमल थापाले गठबन्धनका कारण मुलुक संकटमा परेको बताएका छन् ।गठबन्धनका कारण अहिले मुलुक संकटमा परिरहेको बताउँदै जनताले सोच्ने बेला आएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका हुन् । नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनावपछि ओलीको नेतृत्वमा सरकार निर्माण हुने दाबी गरे । थापाले मकवानपुर–१ मा आफ्नो जित पक्का रहेको दाबी गरेका छन् । आफूलाई आमजनताले माया गर्ने उनको विश्वास थियो ।

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा
परेको आरोप लगाएका छन् । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनले मुलुकलाई तहसनहस बनाएको आरोप लगाए ।नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने श्रेष्ठको भनाइ छ । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु पर्ने उनको भनाइ छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, भारती पाठकलगायतका नेताहरुको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*