कमल थापा जस्तो पर्यटक होइनौंः पुलामी

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:०४

बकैया- नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्त’ ले कमल थापा जस्तो पर्यटक आफू नरहेको बताएका छन् । शनिबार बकैया गाउँपालिका वडा नम्बर ८ शिखरपुरमा लोकतान्त्रिक बाम गठबन्धनको चुनाब प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार ‘छिन्त’ ले आफू यहिँ जन्मेर हुर्किआएको मान्छे हुँ भन्दै यहि ठाउँको विकास गर्न सदैब लागिपर्ने बताए । ‘म मकवानपुरको प्रत्येक जनताको घरमा पुगेको छु, जनताको समस्याहरु बुझेको छु जनताको अधिकारका लागि नै हिँडिरहेको छु’, उनले भने– ‘मलाई झुटा आश्वासन बाँढ्नु छैन, कमल थापा जस्ता पर्यटक हामी होइनौं, त्यसैले म तपाईहरुकै साथमा रहेर काम गर्छु ।’

उम्मेदवार ‘छिन्त’ ले कमल थापाहरु प्रतिगमनको मतियार बनेर आएको भन्दै त्यसबाट सचेत रहन आग्रह गरे । पैसाको चलखेल गरेर सोझासाझा जनताको भोट किन्न खोजेका जनआन्दोलन बिरोधीलाई यहाँका जनताले सबक सिकाउनुपर्ने उनको भनाइ छ । उम्मेदवार छिन्तुले आफू प्रदेशसभामा रहदाँ यहाँको विकासका लागि सक्दो कार्य गरेको बताउँदै अधुरा रहेका कामलाई पूर्णता दिन फेरि भोट दिएर जिताउन मतदातासंग अनुरोध गरेका छन् । उनले यस क्षेत्रमा पुलपुलेसा निमार्ण, सडक निमार्ण तथा
केहिको डीपीआर सकिसकेको पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*