गाउँ–गाउँमा एम्बुलेन्स पु¥याएका बानियाँ

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:३०

हेटौंडा- मकवानपुरको विभिन्न स्थानका जनताहरु जो बिरामी हुँदा स्वास्थ्य सस्ंथा धाउन मुस्किलमा पर्ने गर्थे । उनीहरुलाई पछिल्लो समय बिरामी हुँदा अस्पतालसम्म आउन एम्बुलेन्सले सहज भएको छ । हेटौंडा उपमहानगरको वडाहरु होस् या विकट गाउँपालिका एम्बुलेन्सको उपलब्धताले उनीहरुको स्वास्थ्यमा पहुँच सहज बनाएको छ । उनीहरुको लागि यो सहजता नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले बनाइदिएका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर, मकवानपुरगढी र हेटौंडावासीलाई निकै सहज भएको हो ।

गरिब, निमुखा र असहायजनताको स्वास्थ्यप्रति सजगहुँदै वाचा गरे अनुरुप एम्बुलेन्स उपलब्ध गराउँदा निकै सहज भएको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य योगराज खतिवडाले बताए । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारसमेत रहेका बानियाँले प्रत्येक स्थानीय तहका नागरिकसँग स्वास्थ्य उपचारको लागि पहुँच विस्तार होस् भनेर एक स्थानी यतह एक एम्बुलेन्सको अवधारणा यस अघिको निर्वाचनमा अघि सारेका थिए । २०७४ मा उनले बोलेका कुरा त्यसपछि क्रमसँग पूरा गर्दै आएका हुन् । बानियाँले उति बेला एम्बुलेन्स अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर जिल्लाका विकट गाउँमा एम्बुलेन्स सहयोग गरे, त्यसले अहिलेसम्म पनि ती क्षेत्रका नागरिकलाई सहज भइरहेको छ ।

बानियाँले व्यक्तिगत लगानीमा हस्तान्तरण गरेका एम्बुलेन्सको प्रयोग गरी सम्बन्धित क्षेत्रका स्थानीयहरुले लाभलिइरहेका छन् । बेलैमा बिरामीलाई अस्पतालसम्म पु¥याउन सकिएको छ । बानियाँले एम्बुलेन्स सञ्चालनकालागि केही रकम पनि उपलब्ध गराएका छन् । सिड मनी (बीउपूँजी) को रुपमा उपलब्ध गराएको सो रकमले एम्बुलेन्सको सञ्चालनमा सहयोग पुगेको छ । २०७४ पुस १ गते हेटौंडा १८ स्थित हर्नामाडी स्वास्थ्यचौकीलाई उनले हस्तान्तरण गरेको एम्बुलेन्सबाट हर्नामाडी, हेटौंडा, छतिवन र मकवानपुरगढी लगायतका क्षेत्रका जनताले लाभ लिइरहेका छन् ।

हर्नामाडीमा रहेको वर्थिङ सेन्टरमा सुत्केरी गराउन आउनेहरुका लागिसो एम्बुलेन्स अझै प्रभावकारी भएको एम्बुलेन्स सञ्चालक समितिका संयोजक एवम् वडा सदस्यखतिवडा बताउँछन् । सो एम्बुलेन्स सञ्चालन भएयता सञ्चालक समितिमा ५ लाख रुपैयाँ बचत समेत भएको समितिका संयोजक खतिवडाले बताए । त्यस्तै स्वर्गीय बुवा क्षमबहादुर बानियाँको स्मृतिमा बानियाँले २०७५ फाुगुन १ गते बागमती गाउँपालिकाको राइगाउँ स्वास्थ्य चौकीको स्वामित्वमा रहने गरी एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स सञ्चालनको लागि उनले नगद ५० हजार रुपैयाँ पनि हस्तान्तरण गरेका थिए । २०७७ चैत ९ गते मा मकवानपुरगढी ७ सुकौरास्थित स्वास्थ्य चौकीलाई बानियाँकै पहलमा अन्य संस्थाहरुसमेतको सहयोगमा एम्बुलेन्स उपलब्ध गराइएको थियो ।

सो एम्बुलेन्स पनिहाल सञ्चालनमा रहेको र मकवानपुरगढीमा विभिन्न वडाका मानिसहरुलाई बिरामीपर्दा अस्पतालसम्म पुर्याउन सहजभएको मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बाले जानकारी दिए । बानियाँकै व्यक्तिगत लगानीमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई पनि २०७८ चैत २७ गते एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । सो क्षेत्रको सेरा, नयाँगाउँ, नयाँ खर्च, कुलेखानी लगायतका जनताले एम्बुलेन्स सेवाबाट प्रत्यक्ष लाभ लिइरहेको इन्द्रसरोवर १ कापूर्व वडा अध्यक्षजमान सिंह वाइवा बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*