हेटौंडा साकोसको बचत साढे ४६ करोड

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:३८

हेटौंडा- हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा बचत बृद्धि गरी साढे ४६ करोड रुपैयाँ पु¥याएको छ । आव २०७७÷०७८ मा ४४ करोड ७५ लाख १७ हजार ७ सय ५४ रुपैयाँ बचत रहेको सहकारीले एकवर्षमै बचत वृद्धि गरी ४६ करोड ६६ लाख ५६ हजार ८ सय ९९ रुपैयाँ ४२ पैसा पु¥याएको सहकारीले जानकारी दिएको छ । हेटौंडा–८, स्थित नागस्वतीमा रहेको सहकारीको शनिवार २३ औं वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयर पूँजी ४ करोड ४८ हजार ७ सय रुपैयाँ रहेको छ । सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षतामा भएको साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटा, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले आव २०७८÷०७९ मा ७३ करोड २३ लाख १३ हजार ३ सय ८८ रुपैयाँ कारोबार गरेको छ । सहकारीको जगेडा कोषमा २ करोड ४८ लाख ८९ हजार ५ सय १० रुपैयाँ ५६ पैसा रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । सहकारीले आफ्ना शेयर सदस्यलाई ५५ करोड ३७ लाख ३१ हजार ७६४ कर्जा लगानी गरेको छ । आव २०७७÷०७८ मा १ हजार १ सय ८९ जना शेयर सदस्यहरुलाई ४१ करोड ४९ लाख ५० हजार रुपैयाँ लगानी गरी ७ करोड १७ लाख १२ हजार ८ सय १८ रुपैयाँ ब्याज आम्दानी गरेको ऋण उपसमिति संयोजक रघुप्रसाद आचार्यको प्रतिवेदनमा प्रस्तुत छ ।

साधारणसभाको अबसरमा सहकारीले बाल बचततर्फ अपसना रिमाल, सुजिता दहाल, विशेष बस्नेत, दैनिक बचततर्फ रामप्रसाद प्रसाई, बबिता खड्का र ऐच्छिक बचततर्फ भक्तबहादुर वाइवालाई पुरस्कृत गरेको छ । सहकारीले हेटौंडाको ८ नम्बर वडामा, १६ नम्बर वडामा र २ नम्बर वडामा गरी तीन वटा सेवा केन्द्र सञ्चालन गरेको छ ।
सहकारीमा १५ जना कर्मचारी रहेका छन् । निर्वाचन आचारसंहिताका कारण साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत र विभिन्न विद्यामा सम्मान तथा पुरस्कार प्रदान गरी शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न गरिएको
थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*