नारायणी सहकारीको झण्डै ३४ करोड कारोबार

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:४०

हेटौंडा- हेटौंडा उपमहानगरभित्र ठूलो सहकारीहरु मध्ये पर्ने नारायणी बहुद्देश्यीय सहकारी संस्थाले एक वर्षमा झण्डै ३४ करोड रुपैयाँ कारोबार गरेको छ । उपभोक्ताहरुलाई सर्वसुलभ रुपमा निर्माण सामग्री बिक्री वितरण गर्दै आइरहेको हेटौंडा–९, स्थित सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ३३ करोड ९७ लाख ८२ हजार ४५१ रुपैयाँको कारोबार गरेको जानकारी दिएको छ । शनिवार भएको २६ औं साधारण सभामा अध्यक्ष जंगबहादुर गुरुङले सहकारीमा ५ करोड ८० लाख ३८ हजार २ सय शेयर पँुजी र

सहकारीले शनिवार भएको साधारणसभालाई शेयर सदस्यहरुको उपस्थितिमै टुंग्याएको थियो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताअनुसार शनिवारदेखि सहकारीलाई पूर्णरुपमा साधारणसभा गर्न रोक लगाइएको थियो । सहकारीले पुर्वतयारी अनुसार शनिवार साधारणसभा राखेको थियो । तर, सरकारले ढिलो गरी शनिवार बिहान मात्रै आचारसंहिता जारी भएको र साधारसभा रोक्नु भनेपछि नारायणी सहकारी लगायतका अन्य सहकारीहरु समस्यामा परेका थिए । नारायणी सहकारीले आचारसंहिता पालना गर्दै शेयर सदस्यहरुको उपस्थितिमा मात्रै साधारणसभा गरेको ।

निर्धारित मिति तोकिएकोले सदस्यहरु आएको र जिल्ला प्रशासनले स्थगन गर्न भनेपछि सदस्यहरुको उपस्थितिमा मात्रै गराएर निर्वाचनपछि मिति तोकेर प्रतिवेदनमाथि छलफल गरिने अध्यक्ष गुरुङले बताए । सहकारीको २६ औं वार्षिक साधारणसभा अब निर्वाचनपछि तयार पारिएको प्रतिवेदनमाथि छलफल हुने भएको छ । सहकारीमा २ हजार १
सय ६८ जना शेयर सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*