गठवन्धनले मुलुकलाई तहसनहस बनाएको श्रेष्ठको आरोप

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:४८

हेटौंडा- नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर(१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धनले मुलुकलाई तहसनहस बनाएको आरोप लगाएक छन् । शनिबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको बताए । अहिले मुलुक चिन्तजनक अवस्थामा रहेको उनको भनाई रहेको छ । अब हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु आफुले पहल गर्ने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*