एमालेको झुटा आश्वासनमा नअल्मलिन ‘डीना’ को आग्रह

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार १०:३४

हेटौंडा- लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिन उनले मतदाताहरुलाई आग्रह गरेकी छन् । चुनावी अभियान अन्तर्गत् आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । डीनाले मुलुकको भाग्य र भविष्यलाई सोचेर गठबन्धनलाई मतदान गर्न अनुरोध गरिन् । उनले पटक पटक मन्त्री भएर पनि मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासनमात्रै बाँड्न आउनेहरुलाई चिन्न जरुरी रहेको बताइन् ।

‘अहिले यही क्षेत्रबाट उम्मेदवार भएकाहरु कति पटक मन्त्री भए ? यहाँको विकासमा के योगदान पु¥याए ? त्यो सम्झिएर मत हाल्नुहोला’, डीनाले भनिन्, ‘यो पटक गठबन्धनलाई जिताएर पठाउनुहोस् यस क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भयो ।’ नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिन उनले मतदाताहरुलाई आग्रह गरे । डीनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् । प्रतिगमनकारी र व्यवस्था विरोधीहरु मिलेर घरघरमा झुटो आश्वासन र भ्रम बाँड्न आएको भन्दै उनले त्यस्तालाई परास्त गर्ने बेला आएको बताइन् ।

यस्तै गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् ।बकैया ११ मा भएको चुनावी सभामा उनले कमल थापालाई इड्डित गर्दै उनले व्यवस्था र संविधान विरोधी तत्वलाई चिन्नुपर्ने र साइजिङ गर्नुपर्ने बेला आएको बताएका हुन् । यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाइ थियो । जनआन्दोलनका दमनकारी संग विकासका कुनै एजेण्डा नै नरहेको भन्दै उनले व्यवस्थालाई परिवर्तनमा एक भएका गठबन्धनका उम्मेदवारलाई अब जनताको अवस्थालाई परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*