घरदैलोमा आनन्द पुग्दा मतदाता उत्साही

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार १०:५२

हेटौंडा- आसन्न प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले आइतबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को रातोमाटे, पनेस, बारुते, जाँते लगाएत क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । उम्मेदवार पराजुलीले नागरिकसँग भेटघाट गर्नुका साथै उनीहरुको गुनासो सुनेका छन् । भेटघाटका क्रममा स्थानीयले पराजुलीलाई जितको शुभकामनासँगै जितेर गएपछि पनि नगरिकको घरदैलोमा पुग्न सुझाव दिएका थिए । स्थानीय जयनारायण श्रेष्ठले पराजुली २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा हार्दा दुःख लागेको स्मरण गर्दै यसपटक पराजुलीको जित निश्चित रहेकोे बताए । श्रेष्ठले पराजित हुँदापनि पराजुली निरन्तर नागरिकसँगै रहेकोले यसपटक जिताएरै पठाउने बताए ।

उक्त अवसरमा स्थानीयहरुले नागरिकका सामान्य आवश्यकताका विषयमा ध्यान पु¥याउन आग्रह गर्दै विगतका निर्वाचित प्रतिनिधिहरुले गरे जस्तो कमिकमजोरीनदोहो¥याउन सचेत गराएका थिए । नागरिकका गुनासो सुझाव सुनेका पराजुलीले आफूले विगतमा चुनाव हार्दा पनि निरन्तर जनताको आवश्यकतासँग जोडिएको बताए । उनले एक पटक निर्वाचित गरेर पठाए कहिल्यै गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पराजुलीले नागरिकका आम चासोका विषयहरु सर्वसुलभ शिक्षा, सहज स्वास्थ्य उपचार, सुरक्षाको ग्यारेन्टी, युवाहरुलाई रोजगारी जस्ता कुरा नै आफ्नो प्राथमिकतामा रहेको जानकारी गराउँदै आफूले बोलेको कुरा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*