गठबन्धनले बोलेको पूरा गर्नेमा ढुक्क हुनूस्ः मोक्तान

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार १०:५७

हेटौंडा,- नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले गठबन्धनले बोलेको पूरा गरेर विकास गर्नेमा ढुक्क हुन आग्रह गरेकी छन् ।भीमफेदी गाउँपालिका ९ मा लोकतान्त्रिक बाम साझा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरेपछि बोल्दै उनले गठबन्धनले बोलेको पूरा गरेर विकास गर्नेमा ढुक्क हुन आग्रह गरेकी हुन् । उनले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने दाबीसमेत गरिन् । प्रदेश सरकारले भीमफेदी गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका भन्दै उनले अब फेरि गठबन्धनको प्रदेश सरकार बने तेब्बर बजेट गाउँपालिकामा आउने दाबी गरिन् ।

लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अविश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् । मकवानपुरकै मुख्यमन्त्री भएर पनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भूमिका खेल्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*