एमालेलाई हराउने शक्ति छैनःश्रेष्ठ

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार ११:००

हेटौंडा-नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा १ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा एमालेलाई हराउने शक्ति नभएको बताएका छन् ।
आइतबार हेटौंडा–१२ र १३ नम्बर वडामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले मकवानपुरमा एमालेलाई हराउने शक्ति नभएको भन्दै आफ्नो जित निश्चित भएको दाबी गरे । देशभक्त र राष्ट्रवादीहरुले एमालेलाई जिताएरै छाड्ने प्रण लिएको भन्दै एमालेसँग कुनै शक्तिले पनि जित्न नसकेको उनको दाबी छ । विगतमा हेटौंडामा स्थानीय सरकारमा र प्रदेश सरकारमा बसेर एमालेले गरेको काम नै एमालेको आगामी निर्वाचनमा जित्ने आधार भएको श्रेष्ठले बताए ।

जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको लोकप्रियताबाट आत्तिएर कांग्रेस नेतृत्वमा केही दलको गठबन्धन भएपनि एमालेले त्यसको डटेर सामना गर्दै अगाडि बढेको बताए ।एमाले सरकारका काम र उपलब्धिलाई जनताले विश्वास गरेर मत दिने श्रेष्ठको भनाइ छ । अहिले पनि विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु एमाले पार्टीमा समाहित हुने क्रम तीव्र बनेको भनाइ व्यक्त गरे । एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा गर्दै स्थायी सरकार निर्माण हुने धारणा राखेका छन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर रहेको भन्दै यसलाई बलियो बनाउन एमालेको नेतृत्व सरकार आवश्यक रहेकोमा उनले जोड दिए । राजनीतिक स्थायित्व र राष्ट्रिय स्वाभिमान नरहे सामाजिक सद्भाव पनि बाँकी नरहेने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*